फ्रान्सको राष्ट्रिय दिवसमा भारतीय प्रधानमन्त्री विशेष अतिथि
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्रान्सको भ्रमण गर्न लागेका छन् । राष्ट्रपति इमानुए म्याक्रोनको निमन्त्रणमा मोदी यो साता पेरिस जान लागेका हुन् ।
राष्ट्रपति म्याक्रोनका कुटनीतिक सल्लाहकार इ.बोन्नेले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग भेट गरेपछि नयाँ दिल्लीमा उक्त जानकारी दिइएको हो । फ्रान्सको भ्रमणसँगै मोदीलाई आगामी शुक्रबार आयोजना गरिने फ्रान्सको राष्ट्रिय दिवसको विशेष समारोहमा विशेष अतिथि बनाउन लागिएको बताइएको छ ।
राष्ट्रपति म्याक्रोनको कार्यकालमा मोदी उक्त समारोहमा सहभागी हुने पहिलो विदेशी पाहुना हुनेछन् । मोदीको भ्रमण दुई मुलुकबीच रणनीतिक साझेदारी कायम भएको २५ औं वार्षिकोत्सवको अवसरमा पनि हुन लागेको हो ।
फ्रान्स भारतीय रक्षा, अन्तरिक्ष र आणविक प्रविधिको मुख्य साझेदार मुलुक हो ।
भारतीय प्रधानमन्त्रीले हालै संयुक्त राज्य अमेरिकाको राजकीय भ्रमण गरेका थिए । स्वदेश फर्कने क्रममा उनी इजिप्टको दुई दिने राजकीय भ्रमणमा कायरो पुगेका थिए ।
टिप्पणीहरू