काँग्रेस रुपान्तरण अभियानको महिला नेतासँग छलफल
नेपाली काँग्रेस रुपान्तरण अभियानले काठमाडौँमा ’रुपान्तरण संवाद’ गरेको छ ।
पार्टीभित्र देखिएको विकृति रोक्न कार्यकर्तालाई सचेत गराउने भन्दै देशव्यापी कार्यक्रम गरिरहेको सो अभियानले आज महिला नेताहरुसँग संवाद गरेको हो । काँग्रेसको संस्थापन इतर खेमाले कार्यक्रम गर्ने गरेको बत्तिसपुतलीस्थित अनुपम फुड ल्याण्डको सभाहलमा उक्त कार्यक्रम भएको हो ।
सांसद गीता शाहीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा युवा नेता गुरुराज घिमिरे, केन्द्रीय सदस्यहरु जगदीश नरसिंह केसी, मधु आचार्य, मुक्ता यादव, रुपान्तरण अभियानका सदस्यहरु भुपेन्द्र शाही, भरत खडका लगायतका नेताहरुको उपस्थिति थियो ।
टिप्पणीहरू