माननीयहरुको टोली अमेरिका प्रस्थान

माननीयहरुको टोली अमेरिका प्रस्थान

अमेरिकामा आयोजित उच्चस्तरीय राजनीतिक फोरममा सहभागी हुन सांसदहरुको एक टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । 

कतारको राजधानी दोहा हुँदै कतार एयरवेजको उडानबाट प्रमुख तीन दलका तीन जना सांसद र संघीय संसद सचिवालयका सचिव आज बिहान त्यसतर्फ उडेका हुन् । 

टोलीमा संसद्को दीगो विकास तथा सुशासन समितिका सभापतिसमेत रहेका नेपाली काँग्रेस राष्ट्रियसभाका सांसद प्रकाश पन्थ, एमाले संसदीय दलका सचेतक महेश बर्तौला, माओवादी केन्द्रका सांसद माधव सापकोटा र सचिवालयका सचिव रोजनाथ पाण्डे छन् ।

टिप्पणीहरू