मीटरब्याज पीडितका गुनासो सुन्न काठमाडौँका सिडियोलाई लिएर गृहमन्त्री बानेश्वरमा
मीटरब्याजीलाई कारबाही गर्न ऐन संशोधनका लागि सरकारले संसदमा दर्ता गरेको विधेयक पारित नभएपछि पुन: आन्दोलनमा उत्रिएका मीटरब्याज पीडितहरुको गुनासो सुन्न गृहमन्त्री नारायणकाजी श्रेष्ठ बानेश्वर पुग्नुभएको छ ।
आन्दोलनकारीलाई भेट्न काठमाडौँका सिडियो जितेन्द्र बस्नेतलाई लिएर गृहमन्त्री श्रेष्ठ साँझ बानेश्वर जानुभएको हो । यसअघि संसद घेराउ कार्यक्रमअन्तर्गत मीटरब्याजविरूद्ध संघर्ष समिति नेपालले माइतीघर मण्डलादेखि प्रदर्शन गर्दै संसद भवन नजिकै पुगेर कोणसभा गरेका थिए । सोही स्थानमा रहेका पीडितहरुलाई भेटेर गृहमन्त्रीले उनीहरुका माग सम्बोधन गर्न सरकारको प्रतिवद्धता सुनाउनु भएको बताइएको छ ।
टिप्पणीहरू