माओवादीको विद्रोही र बाबुरामका विद्यार्थीको संयुक्त आन्दोलन घोषणा

माओवादीको विद्रोही र बाबुरामका विद्यार्थीको संयुक्त आन्दोलन घोषणा

नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को कार्की खेमा र नेपाल समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियनले शैक्षिक सुधारका लागि मिलेर आन्दोलन गर्ने भएका छन् । 

आज जारी संयुक्त विज्ञप्तिमा क्रान्तिकारीको विद्रोही पक्षका संयोजक पवन कार्की र समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईंले तीन बुँदे माग राखी आन्दोलन घोषणा गरेका हुन् । उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्ने, संघीय शिक्षा ऐन जारी गर्नुपर्ने र विश्वविद्यालयमा शैक्षिक क्यालेण्डर लागू गर्नुपर्ने उनीहरुको मुख्य माग छ । 

लामो समयदेखि विभिन्न चरणमा शान्तिपूर्ण संघर्ष गर्दै आएकोमा सरकारले बेवास्ता गरेकाले भोलिदेखि देशव्यापी रुपमा हस्ताक्षर अभियान चलाउने उनीहरुको तयारी छ । त्यस्तै, पर्सि शान्तिपूर्ण प्रदर्शन र ३१ गते बृहत अन्तरक्रिया सञ्चालन गर्ने पनि संयुक्त विज्ञप्तिमा उल्लेख छ ।  

विद्यार्थी आन्दोलनलाई नवीन आन्दोलनमा रुपान्तरण गर्ने अभियानमा सबै विद्यार्थी संगसंगठन, नागरिक आन्दोलन, प्राध्यापक, शिक्षक, अभिभावक एवम् आम नागरिकलाई सहयोग गर्न पनि दुवै विद्यार्थी संगठनले अपिल गरेका छन् ।

टिप्पणीहरू