बेइजिङमा नेपाल र चीनबीच रोकिएका परियोजना सम्पन्न गर्ने सहमति

बेइजिङमा नेपाल र चीनबीच रोकिएका परियोजना सम्पन्न गर्ने सहमति

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र चिनियाँ समकक्षीबीच चीनको राजधानी बेइजिङमा भेटवार्ता भएको छ । डा. श्रेष्ठले चीनको नेसनल डेभलपमेन्ट एन्ड रिफर्म कमिसन (एनडिआरसी) का उपाध्यक्ष छोङ्ग लियाङ्गसँग उहाँकै कार्यकक्षमा कुराकानी गर्नुभएको हो । 

सो अवसरमा योजना आयोग र एनडिआरसी बीच सन् २०१८ र २०१९ मा भएका सम्झौताबमोजिमका कार्यक्रम र आयोजनामध्ये सम्पन्न हुन बाँकीलाई अगाडि बढाउने समझदारी भएको बताइएको छ । 

चीनको चर्चित बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यक्रम एनडिआरसी मातहत सञ्चालित छ ।

टिप्पणीहरू