फ्रान्सेली राजदूतको सभामुखसँग पौने घण्टा वार्तालाप
सभामुख देवराज घिमिरे र नेपालका लागि फ्रान्सका राजदूत गिल्लेस बर्बाओबीच भेटवार्ता भएको छ ।
आज बिहान सिंहदरबारस्थित संघीय संसद भवनमा रहेको सभामुखको कार्यकक्षमा भेटवार्ता भएको हो । सभामुख घिमिरेलाई भेट्न राजदूत बर्बाओ बिहान ११ बजे सिंहदरबार पुगेका थिए ।
करिब पौने घण्टाको संवादमा सभामुख र राजदूतबीच द्विपक्षीय सम्बन्धका विषयमा कुराकानी भएको बताइएको छ ।
टिप्पणीहरू