सीतालाई श्रद्धाञ्जली दिन पूर्वप्रधानमन्त्री र पार्टीका शीर्ष नेताहरु पेरिसडाँडामा (फोटोहरु)

सीतालाई श्रद्धाञ्जली दिन पूर्वप्रधानमन्त्री र पार्टीका शीर्ष नेताहरु पेरिसडाँडामा (फोटोहरु)

 नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी दिवंगत पत्नी सीता दाहालको पार्थीव शरीर पार्टी कार्यालय पेरिसडाँडामा राखिएको छ । 

आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएकी ६९ वर्षीया सीताको पार्थीव शरीरलाई श्रद्धाञ्जलीका लागि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा राखिनेछ । त्यसपछि अन्तिम अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिनेछ।

प्रधानमन्त्री प्रचण्डले सीताको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएपछि नेता–कार्यकर्ता, आफन्त र शुभेच्छुकहरुले श्रद्धाञ्जली अर्पण गरिरहेका छन् । दिवंगत सीतालाई श्रद्धाञ्जली दिन पूर्वप्रधानमन्त्रीहरु, विभिन्न पार्टीका शीर्ष नेता, माओवादी केन्द्रका नेता-कार्यकर्ता, कूटनीतिक नियोगका प्रतिनिधिलगायत पेरिसडाँडा पुगेका छन् ।

पूर्वप्रधानमन्त्रीहरु माधव नेपाल, झलनाथ खनाल, मन्त्रिपरिषद्का अध्यक्ष खीलराज रेग्मी, क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्य किरण, नेकपाका महासचिव नेत्रबिक्रम चन्द विप्लवलगायतले सीताको पार्थिव शरीरमा फूल चढाएर श्रद्धाञ्जली दिएका छन् । 

लामो समयदेखि वंशाणुगत पार्किन्सनजस्तो देखिने रोगबाट पीडि सीताको उपचारकै क्रममा आज बिहान ८ बजेर ३३ मिनेट जाँदा निधन भएको थियो ।

टिप्पणीहरू