सीताको निधनमा माओवादीले दुई दिन झण्डा झुकाउने
नेकपा माआवादी केन्द्रले पार्टीकी केन्द्रीय सल्लाहकार तथा प्रधानमन्त्री एवम् अध्यक्ष प्रचण्डकी जीवनसंगिनी सीता दाहालको निधनमा पार्टीका सबै कार्यालयमा दुई दिनसम्म झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको पदाधिकारी बैठकले दुई दिन (आज र भोलि) ) सबै तहका पार्टी कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको महासचिव देवप्रसाद गुरुङले जानकारी दिनुभयो । भोलि जिल्ला, प्रदेश कार्यालयमा शोकसभा गर्ने निर्णय पनि बैठकले गरेको छ ।
लामो समयदेखि वंशाणुगत पार्किन्सनजस्तो देखिने रोगबाट पीडित सीताको उपचारकै क्रममा आज बिहान ८ बजेर ३३ मिनेट जाँदा निधन भएको थियो । अहिले उहाँको पार्थीव शरीरलाई श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडामा राखिएको छ ।
आजै दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टिको निम्ति तयारी गरिएको छ ।
टिप्पणीहरू