प्रधानमन्त्रीद्वारा पत्नी सीतालाई दागबत्ती
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वर्गीय पत्नी सीताको पार्थिव शरीरमा दागबत्ती दिनुभएको छ । उहाँको पशुपति आर्यघाटनमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
सीताको पार्थिव शरीरमा नेपाल सरकारको तर्फबाट उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गर्नुभएको हो । नेपाली सेनाको एक टुकडीले शोक सलामी अर्पण गर्दै स्वर्गीय दाहालप्रति सम्मान प्रकट गरेको छ ।
आर्यघाटमा प्रधानमन्त्रीसहित उहाँका छोरीहरु रेनु र गंगा दाहाल, नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललगायत विभिन्न दलका शीर्ष नेताको उपस्थिति छ ।
त्यसैगरी विभिन्न राजनीतिक दलका शीर्ष नेता, मन्त्री, सांसद, कर्मचारी र सर्वसाधारण पनि आर्यघाट पुगेका छन् । उनको आज बिहान साढे ८ बजे निधन भएको हो ।
टिप्पणीहरू