न्यायाधीशकी श्रीमती एक सातादेखि आमरण अनसनमा

न्यायाधीशकी श्रीमती एक सातादेखि आमरण अनसनमा

कपिलवस्तु जिल्ला अदालतका न्यायाधीश भुवन गिरीकी श्रीमती राजधानीको माइतीघरमा आमरण अनसनमा बसेको एक साता पुगेको छ । न्यायाधीशकी कान्छी श्रीमती आरती रावल गिरीले श्रीमानबाट पीडित रहेको र न्याय नपाएको भन्दै गत शुक्रबारदेखि आमरण अनसनमा बसेकी हुन् ।

उनी न्यायाधीश भुवन गिरीलाई कारबाहीको माग राख्दै असार २२ गतेदेखि माइतीघर मण्डलामा आमरण थालेकी हुन् । 

न्यायाधीशकी श्रीमतीको अनसन आज पनि जारी छ ।

टिप्पणीहरू