गुल्मीमा चट्याङबाट बालिकाको मृत्यु
गुल्मीमा चट्याङ लागेर एक बालिकाको निधन भएको छ । मुसिकोट नगरपालिका वडा नम्बर १ सिम्लेकी १५ वर्षीया टीका बलालको मृत्यु भएको हो ।
घरभित्र रहेकी उनीमाथि हिजो बेलुकी चटयाङ लागेपछि बालिकाको उपचारको क्रममा निधन भएको बताइएको छ ।
प्रहरीका अनुसार टीकाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो ।
टिप्पणीहरू