बाख्रा चराउन गएका हर्कमाथि बज्रियो चट्याङ

बाख्रा चराउन गएका हर्कमाथि बज्रियो चट्याङ

डोटीमा चट्याङ लागेर एक जनाको निधन भएको छ ।

बडिकेदार गाउँपालिका–५ दुदिलाका अन्दाजी ६५ वर्षीय हर्कबहादुर बोहराको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकार, प्रहरी नायव उपरीक्षक युवराज भण्डारीका अनुसार घर नजिकै बाख्रा चराउने क्रममा बोहोरामाथि चट्याङ परेको हो ।

चट्याङ लागेर उनीसँगै छ वटा बाख्रा पनि मरेका छन् । प्रहरीले घटनाको थप जाँचबुझ गरिरहेको छ ।

टिप्पणीहरू