ललिता निवास प्रकरणपछि घरजग्गा व्यवसाय धरायसी हुन लागेको ठहर
नेपाल जग्गा तथा आवास विकास महासंघले बालुवाटारस्थित ललिता निवास परिसरको करिब १४३ रोपनी सरकारी जग्गा हिनामिना भएको प्रकरणमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघले ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा ४०६ जनाको नाममा पक्राउ पुर्जी जारी भएको र त्यसमा प्रतिष्ठित उद्योगी एवम् व्यवसायीहरु समेतको संलग्नता रहेको भन्ने समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको आज जारी विज्ञप्तिमा उल्लेख छ ।
महासंघले सो प्रकरणमा अख्तियारबाट समेत यसअघि भ्रष्टाचार मुद्दा दायर भएको तर कुनै फौजदारी दाबी नभएको अवस्थामा घर जग्गा व्यवसायी एवम् खरिद बिक्री गर्ने व्यक्तिलाई फौजदारी दायित्व बहन गर्नुपर्ने प्रकृतिबाट विश्लेषण गर्न थालेपछि घरजग्गा व्यवसायी र व्यवसाय धरासायी हुन पुग्ने ठहर गरेको छ । उसले भनेको छ, ‘अनाहकमा प्रताडित समेत भएका छन् ।’
प्रचलित कानूनअनुसार तह तहमा हक हस्तान्तरण भएका जग्गाको पहिलो दर्तावाला अर्थात साविक दातासँग तहतह खरिद बिक्री हुँदै आएका अवस्थालाई अहिले आएर गलत ब्याखा गरिएको उसको ठहर छ ।
टिप्पणीहरू