काठमाडौंका मेयरद्वारा भारतीय दूतावास नजिकै पूजापाठ

काठमाडौंका मेयरद्वारा भारतीय दूतावास नजिकै पूजापाठ

काठमाडौं महानगरपालिकाका मेयर बालेन साह अबदेखि सरकारी निवासमा सर्ने भएका छन् । उनी लैनचौरस्थित भारतीय राजदूतावास र बेलायती दूतावासको सामुन्ने रहेको महानगरको स्वामित्वमा रहेको भवनमा सर्न लागेका हुन् । 

विगतमा पीएल सिंहलगायत मेयरहरुले निवासको रुपमा प्रयोग गरिएको भवनमा साह प्रवेश गर्न लागेका हुन् । उनले हिजो बिहान शुभ साइतमा पूजापाठ गरेको बताइन्छ । पूजापाठ गरेपनि घरभित्रको आन्तरिक सजावट र ममर्त बाँकी रहेकाले मेयर साह केही समयपछि मात्रै सरकारी निवासमा सर्नेछन् । 

काठमाडौं महानगरको २ नम्बर वडामा पर्ने सो भवन यसअघि उपराष्ट्रपतिको निवासको रुपमा केही समय प्रयोग भएको थियो । त्यसैगरी सभामुख निवासको रुपमा पनि तत्कालीन अग्नीप्रसाद सापकोटाले प्रयोग गर्नुभएको थियो ।

टिप्पणीहरू