आदिकविको २१० औं जन्मदिन मनाईंदै, सिक्किममा सार्वजनिक बिदा

आदिकविको २१० औं जन्मदिन मनाईंदै, सिक्किममा सार्वजनिक बिदा

आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मदिन आज विभिन्न कार्यक्रम गरेर मनाईंदै छ । मुलुुकभित्र र बाहिरका साहित्य अनुरागीहरुले भानु जयन्तीको अवसरमा विशेष कार्यक्रमको आयोजना गरेका छन् । 

तनहुँको चुँदी रम्घामा जन्मिएका आचार्यले संस्कृत भाषामा लेखिएको रामायणलाई नेपाली लोकलयमा उतारेर आम नेपालीलाई सरल र सहज बनाइएका हुन् । उनका प्रश्नोत्तर माला, वधू शिक्षा, रक्त माला र राम गीता प्रख्यात रचना हुन् । 

उता भारतका नेपालीभाषीको बाहुल्य रहेको सिक्किम, दार्जिलिङलगायत क्षेत्रमा भानु जयन्ती धुमधामका साथ मनाइन्छ । आजको दिनलाई नेपाली मूलका भारतीयहरुले सांस्कृतिक र साहित्यिक महोत्सवका रुपमा मनाउने गरेका छन् ।

आजको दिन भारतको सिक्किम राज्यमा सार्वजनिक बिदा घोषणा गरिएको छ ।

टिप्पणीहरू