सशस्त्र प्रहरीमा भर्ना खुल्यो, नौ सय बढीलाई रोजगारीको अवसर
सशस्त्र प्रहरीले रिक्त रहेका विभिन्न पदमा खुला प्रतियोगिताद्धारा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।
आज सूचना प्रकाशित गर्दै सशस्त्र प्रहरी बल नेपाल भर्ना तथा छनौट शाखाले साधारण समूह, साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी जवान पदमा ९ सय ३२ जनाका लागि दरखास्त आह्वान गरेको हो ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले अनलाइनमार्फत आजदेखि आगामी साउन २८ गतेसम्म आवेदन दिन सक्नेछन् । रित नपुगेका र म्यादभित्र राजस्व दस्तुर नतिरेका दरखास्त फाराम दर्ता नहुने सूचनामा उल्लेख छ ।
आवेदन दिनका लागि कम्तीमा कक्षा ८ उत्तीर्ण गरेको, पुरुषको हकमा कम्तीमा ५० केजी र महिलाको कम्तीमा ४२ केजी तौल भएको हुनुपर्छ ।
त्यस्तै, आँखा माईनस २ वा प्लस २ भन्दा बढी कमजोर नभएको, नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेको र नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको हुनुपर्ने पनि सूचनामा उल्लेख गरिएको छ ।
टिप्पणीहरू