कोटेश्वर क्याम्पसमा अबदेखि विद्यार्थीहरुले ताला नलगाउने
काठमाडौंको कोटेश्वर बहुमुखी क्याम्पसमा विद्यार्थी संघसंगठनहरुले अबदेखि कुनै पनि बहानामा तालाबन्दी नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
स्ववियु अध्यक्ष संजय बुढाथोकीको रोहबरमा उनीहरुले क्याम्पसमा तालाबन्दी नगर्ने सहमति गरेका हुन् । सहमतिपत्रमा नेविसंघ इकाइ कमिटीका सभापति हरिराम केसी, अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष सरोज रायमाझी, अनेरास्ववियुका अध्यक्ष शैलेन्द्र श्रेष्ठ, अखिल क्रान्तिकारी (विप्लव) का संयोजक मिठु टमटा र अनेरास्ववियुका प्रतिनिधि सुशिल दाहालले हस्ताक्षर गरेका छन् ।
सहमति पत्रमा शिक्षा प्राप्त गर्नु विद्यार्थीको अनिवार्य निर्सत मौलिक अधिकार रहेको र शैक्षिक संस्था शिक्षा प्रदान गर्ने ज्ञानको मन्दिर रहेकाले कोटेश्वर क्याम्पसलाई ज्ञानआर्जनको शान्त तपोभूमि बनाउन कुनै पनि बहानामा शैक्षिक खलल् पुग्नेगरी तालाबन्दी नगर्ने उल्लेख छ ।
साथै, कोही कसैले निषेध गरिएका त्यस्ता कार्य गरेमा स्ववियु र सम्पूर्ण विद्यार्थी संघसंगठनहरुले साथ नदिने पनि सहमतिपत्रमा जनाइएको छ ।
टिप्पणीहरू