लुम्बिनीमा निजामती विधेयकमाथि छलफल
लुम्बिनी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे डाकिएको छ । प्रदेशसभाको दोस्रो अधिवेशनको १९ औँ बैठकमा प्रदेश निजामती सेवाको गठन, सञ्चालन र देहायका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेस गर्ने कार्यसूची छ ।
त्यसैगरी स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा नवीकरण र स्तरोन्नति ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल हुने कार्यक्रम पनि छ । यसअघि असार २० गते बजेट पारित भएपछि प्रदेशसभा बैठक स्थगित गरिएको थियो ।
टिप्पणीहरू