महिला वन अधिकृतको छाती नाप्ने भनेपछि भारतमा चर्को विवाद
भारतको हरियाणा राज्यमा नयाँ विवाद सिर्जना भएको छ । राज्य सरकारको वन विभागले रेञ्जर, डेपुटी रेञ्जर र फरेष्टरको निम्ति प्रकाशित गरेको विज्ञापनमा पुरुषको जस्तै महिलाको पनि छाती नाप्नुपर्ने शर्त अघि सारेपछि सर्वत्र विवाद उत्पन्न भएको बताइन्छ ।
हरियाणा कर्मचारी छनौट आयोगले लिखित परीक्षा उतीर्ण हुने उम्मेदवारको शारीरिक परीक्षणको क्रममा छाती नाप्नैपर्ने व्यवस्था गरेको छ । जसअनुसार महिला उम्मेदवारको छाती फुलाउँदा ७९ र नफुलाउँदा ७४ सेन्टिमीटर हुनुपर्ने उल्लेख छ । पुरुषको हकमा उक्त शर्त क्रमशः ७९ र ८४ सेन्टिमीटर हुनुपर्ने छ ।
राज्यको उक्त विज्ञापनलाई महिला विरोधी भनिएको छ । सामाजिक सञ्जालमा राज्य सरकार र आयोगको चर्को आलोचना गरिएको छ । भारतीय काँग्रेस नेताहरुले महिलाको छाती नाप्ने व्यवस्थालाई महिलाको गरिमा विरोधीको संज्ञा दिएका छन् । कतिपयले हरियाणाका महिलासँग माफी माग्न मुख्यमन्त्रीलाई सुझाव दिएका छन् ।
टिप्पणीहरू