काठमाडौंको फोहोर फाल्न नदिने स्थानीयको अडान, दर्जनौं गाडी रोकिए
काठमाडौंबाट फोहोर बोकेर गएका गाडी नुवाकोटको बञ्चरेडाँडामा रोकिएका छन् । स्थानीयले फोहोर फाल्न नदिने अडान लिएपछि फेरि फोहोर व्यवस्थापनमा समस्या देखिएको छ ।
गत वर्ष काठमाडौं महानगरपालिका र सहरी विकास मन्त्रालयले गरेको लिखित सहमति कार्यान्वयन नभएपछि उनीहरु आन्दोलित बनेका हुन् ।
फोहोरका कारण स्थानीयको स्वास्थ्यमा गम्भीर असर परेको बताउँदै उनीहरुले अबदेखि फोहोर फाल्न नदिने निर्णय गरेका हुन् । नुवाकोटको ओखरपौवास्थित सिसडोल ल्याण्डफिल साइटमा फोहोर थुप्रिएपछि बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न थालिएको थियो ।
ककनी गाउँपालिकाले शुल्क लिएर फोहोर फाल्ने निर्णय गरेपनि स्थानीयले उक्त निर्णयको अवज्ञा गरेका हुन् । फोहोर बोकेर गएका चार दर्जनबढी गाडी रोकिएको बताइएको छ ।
टिप्पणीहरू