ललिता निवास प्रकरणमा मुछिएकाको रिटमाथि सुनुवाई जारी
बालुवाटारको ललिता निवास प्रकरणमा पक्राउ परेकाहरुले सर्वोच्च अदालतमा दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाई भइरहेको छ । न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलास नम्बर ८ मा उक्त रिटमाथि सुनुवाई भएको हो ।
सञ्चारसचिव कृष्णबहादुर राउतसहित सुधीरकुमार शाह, धर्मप्रसाद गौतम र मीनबहादुर गुरुङसहितले दर्ता गरेको उक्त रिट निवेदनमाथि सुनुवाइ भइरहेको छ ।
हिजो तोकिएको पेसीमा उक्त मुद्दा हेर्न नभ्याइने भन्दै पन्छाइएको थियो । उनीहरुले रिटमा हदम्याद कटिसकेको मुद्दामा पक्राउ गर्नु अवैध रहेको जिकीर गरेका छन् ।
टिप्पणीहरू