नेपाल वायुसेवाको न्यारोबडी विमान आज बेलुकीबाट उड्ने

नेपाल वायुसेवाको न्यारोबडी विमान आज बेलुकीबाट उड्ने

नेपाल वायुसेवा निगमले न्यारोबडी विमान आज बेलुकीदेखि पूर्ववत सञ्चालनमा आउने बताएको छ । निगमको ९एन एकेडब्लु विमान ग्राउण्डेड भएको भन्ने समाचारप्रति ध्यानाकर्षण गराउँदै विमान नियमित मर्मत सम्भार र निरीक्षणमा रहेको बताइएको छ ।

मर्मत सम्भारको क्रममा उक्त विमानको दायाँतर्फको इञ्जिनमा प्राविधिक समस्या देखिएको उल्लेख गर्दै मर्मतपछि विमानलाई आज बेलुकीसम्ममा नियमित उडानमा पठाइने जारी विज्ञप्तिमा उल्लेख छ ।

अर्को न्यारोबडीको विमानको बायाँ इञ्जिनमा प्राविधिक समस्या देखिएको र प्राविधिकहरुको सल्लाहबमोजिम १० साइकिल मात्र उडान गर्नसकिने अवस्थामा विमानको इञ्जिन मर्मत गराइएको निगमको दाबी छ । 

प्राविधिक समस्याका बाबजुद पनि निगमले उपलब्ध अन्य जहाजबाट पूर्व निर्धारित उडानहरु सुचारु गरेको प्रवक्ता रमेश पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

टिप्पणीहरू