बिष्फोटक पदार्थसहित समातिएका विप्लव नेता छुटे

बिष्फोटक पदार्थसहित समातिएका विप्लव नेता छुटे

बिस्फोटक पदार्थसहित तीन वर्षअघि पक्राउ परेका नेकपा माओवादी (विप्लव) का नेता सानुराजा बज्राचार्य रिहा भएका छन् । उनी हिजो ललितपुरको नख्खुस्थित केन्द्रीय कारागारबाट छुटेका हुन् ।

नख्खु जेल प्रशासनका अनुसार २०७७ असार २३ गतेदेखि जेलमा रहेका उनले तीन वर्ष एक महिना भुक्तान गरिसकेका छन् । जेलबाट बाहिरिएका उनलाई पार्टी नेता तथा कार्यकर्ताहरुले फूलमाला र अबिर लगाइदिएका थिए ।

बज्राचार्यले ३५ हजार जरिवाना बुझाएका छन् । अदालतले बिस्फोटक पदार्थसम्बन्धी कसुरमा तीन वर्ष एक महिना कैद र २५ हजार जरिवाना तोकेको थियो । त्यसैगरी हातहतियार तथा खरखजानामा १० हजार जरिवाना तिर्न आदेश भएको थियो ।

टिप्पणीहरू