प्रहरी महानिरीक्षकको निर्णयपछि नौ जनाको बढुवा
नेपाल प्रहरीले नौ जनाको बढुवा गरेको छ । प्रधान कार्यालय, मानवस्रोत विकास विभागले प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको हिजोको निर्णयानुसार जनपद प्रहरी समूहतर्फका प्रहरी कर्मचारीहरुको बढुवा भएको जनाएको छ ।
प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम ३९ बमोजिम एक जना प्रहरी नायव निरीक्षक, दुई जना प्रहरी सहायक निरीक्षक, पाँच जना प्रहरी सहायक हवल्दार र एक जना प्रहरी जवानको बढुवा भएको हो ।
जसअनुसार प्रहरी नायव निरीक्षक तिलराम बोहरा सार्की प्रहरी वरिष्ठ नायव निरीक्षक र प्रहरी सहायक निरीक्षक अर्जुन सेठ्ठी र वामदेव घिमिरेको प्रहरी नायव निरीक्षक पदमा बढुवा भएको छ ।
प्रहरी सहायक हवल्दारहरु सुवास नेपाली, लक्ष्मण सापकोटा, भुदरमणी जोशी, गनकुमार खण्डलुक र उपेन्द्र चौधरी प्रहरी हवल्दारमा उक्लेका छन् । प्रहरी जवान लोचन अधिकारी प्रहरी सहायक हवल्दार भएका हुन् ।
टिप्पणीहरू