अर्थमन्त्री महत र चिनियाँ समकक्षीबीच भारतमा वार्ता, नुवाकोट जोड्ने सुरुङमार्गको चर्चा
अर्थमन्त्री डा. प्रकाशशरण महत र चिनियाँ अर्थमन्त्री लिउ कुनबीच भारतको गुजरातमा भेटवार्ता भएको छ । गुजरातको गान्धीनगरमा भएको जी–२० का अर्थमन्त्रीहरूको बैठकमा साइडलाइन भेटवार्ता भएको हो ।
भेटमा आपसी हितका विषय र चासोबारे कुराकानी भएको बताइएको छ । सो क्रममा अर्थमन्त्री महतले आफ्नो गृहजिल्ला जोड्ने काठमाडौंको टोखा– नुवाकोटको छहरे सुरुङमार्ग यथासक्य छिटो कार्यान्वयनमा आउने विश्वास व्यक्त गर्नुभएको हो ।
टिप्पणीहरू