राष्ट्रिय आविष्कार केन्द्रलाई पुराना मोटरसाइकल, विद्युतीय बनाउने केन्द्रको तयारी
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय (बग्गीखाना) ले राष्ट्रिय आविष्कार केन्द्रलाई १० देखि १३ वर्षसम्म पुराना मोटरसाइकल प्रदान गरेको छ । चालु हालतका १० वटा मोटरसाइकल दान गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
तीमध्ये दुई वटा राष्ट्रिय आविष्कार केन्द्रले तत्काल प्रयोग गर्ने भएको छ । बाँकी आठ वटालाई विद्युतीय मोटरसाइकलमा रुपान्तरण गर्न आवश्यक परीक्षण गर्ने बताइएको छ ।
टिप्पणीहरू