संगठन तथा व्यवस्थापन सर्वेक्षण मङ्सिर मसान्तमा सक्नुपर्ने
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आगामी मंसिर मसान्तभित्र संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गरिसक्न निर्देशन दिएको छ ।
मन्त्रालयले आज सबै मन्त्रालय, आयोग, सचिवालय र निकायलाई परिपत्र गर्दै सो निर्देशन दिएको हो । निजामती सेवा ऐन, २०४९ तथा नियमावली २०५० र संगठन व्यवस्थापन सर्वेक्षण निर्देशिका, २०६६ एंव संगठन संरचना र दरबन्दी पुनरावलोकनसम्बन्धी संक्षिप्त कार्यविधि, २०७६ बमोजिम सबै निकायको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्ने कार्य बजेट वक्तव्यमा उल्लिखित समयसीमाभित्रै सम्पन्न गर्ने गरी अघि बढाउन मन्त्रालयले परिपत्रमा उल्लेख गरेको छ ।
साथै, चालु आर्थिक वर्षको बजेट वक्तव्यको बुँदानं. ५० मा उल्लिखित सबै सरकारी सेवा, निकाय र सार्वजनिक संस्थामा आगामी आर्थिक वर्ष नयाँ संरचना र दरबन्दी सिर्जना नगरिने पनि मन्त्रालयले जनाएको छ ।
परिपत्रमा भनिएको छ, ‘सार्वजनिक प्रशासनको विद्यमान संरचना र दरबन्दी पुनरावलोकन गरी छरितो बनाइनेछ । सम्बन्धित मन्त्रालय र निकायले आगामी आर्थिक वर्षको मंसिर महिनाभित्र संगठन तथा व्यवस्थापन सर्वेक्षण सम्पन्न गर्नुपर्नेछ ।’
टिप्पणीहरू