संयोजक सफलको नक्कली बम डिस्पोज, अभियुक्त पक्राउ

संयोजक सफलको नक्कली बम डिस्पोज, अभियुक्त पक्राउ

काठमाडौंको सिनामंगलस्थित खोटाङ हलेसी ज्वेलर्स अगाडि राखिएको शंकास्पद वस्तु बम नरहेको पुष्टि भएको छ । 

नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पार्ने क्रममा नक्कली बम रहेको पुष्टि भएको हो । सुन पसलमा शंकास्पद वस्तु राखेर त्रास फैलाएको आरोपमा प्रहरीले रौतहटका खजाञ्ची पासवानलाई पक्राउ गरेको छ । 

सुन पसल नजिकैको होटलमा लुकेर बसेको अवस्था उनलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउपछि पासवानलाई गौशाला प्रहरी वृत्तमा राखिएको छ ।

आफूसँग पटक–पटक फोन गरेर पाँच लाख रुपैयाँ नदिए बम राख्न धम्की आएको सुन पसल सञ्चालक मोहन विश्वकर्माले बताएका छन् ।  

सुन पसलमा संयोजक सफलको नाममा पर्चा पनि टाँसिएको थियो । जसमा लेखिएको छ, ‘खोटाङ हलेसी ज्वेलर्सको साहुजी हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीलाई सपोर्ट गर्नुहोस् । तपाईंको सहयोगले हाम्रो देश र जनताहरूलाई ठूलो प्रगति हुनेछ भन्ने हाम्रो आश हो । यहाँ आरडीएक्स बारुदको बम राखिएको छ । सावधान रहनुहोला ।’

टिप्पणीहरू