कर्णेलहरुको जागिर ३ बर्ष थमौती
जङ्गी अड्डाको सिफारिसमा दुई दर्जन बढी सैनिक अधिकृतको पदावधि थपिएको छ । ‘सैनिक ऐन,२०६३’ दफा १७ ,उपदफा (१) को अधिनमा रही उमेर हद ननाघ्ने गरी उपदफा (३) को व्यवस्थाअनुसार पहिलो पाँच वर्षे पदावधि समाप्त हुने मितिबाट तीन वर्षका लागि सेवा कायम हुनेगरी २९ जनाको दोस्रो पदावधि थप गरिएको हो ।
पदावधि थप हुनेमा शोध तथा विकास निर्देशनालयका प्राविधिक प्रमुख सेनानी सञ्जयसिंह खडायत छन् । उनको पहिलो पाँच वर्षे पदावधि साउन १७ गते सकिँदै थियो । अब तीन वर्ष पदावधि थपिएका उनी २०८३ साउन १७ गतेसम्म सेवामै रहने छन् ।
अन्य म्याद थपिएकाको आगामी साउन २४ गते पदावधि सकिँदै थियो । सैनिक स्रोतका अनुसार पदावधि थप गरिएका ती सैनिक अधिकृतहरुले २०८३ साउन २४ गतेसम्म सेवा गर्न र अझै माथि उक्लन पाउनेछन् ।
दोस्रोपटक पदावधि थपिएर सेवामै रहनेहरुमा नेपाली सैनिक प्रतिष्ठानका प्रमुख सेनानी राजु बस्न्यात, विपद् व्यवस्थापन निर्देशनालयका नन्दबहादुर गुरुङ्ग, सैनिक सामग्री उत्पादन निर्देशनालयका ज्योतिकुमार थापा,नम्बर १४ बाहिनी अड्डाका सुवेश कायस्थ छन् ।
त्यस्तै, सैनिक आवासीय महाविद्यालय,सुर्खेतका निकिल कुँवर,नम्बर ३ बाहिनी अड्डा,पोखराका सुमन थापामगर,भर्ना छनौट निर्देशनालयका विदुर अधिकारी,नम्बर ४ बाहिनी अड्डा नेपालगन्जका गुप्तबहादुर कुँवर, रिपुमर्दिनी सैनिक महाविद्यालयका सुशील प्याकुरेल पनि पदावधि थपिनेको सूचीमा परेका छन् ।
प्रकृति संरक्षण शिक्षालयका भगवान थापामगर,शिकायत जाँच महाशाखाकारघुनाथ पौडेल,निरीक्षणाधिकृत विभाग (काज,व्यवस्था, नीति तथा योजना विभाग) का शिवप्रसाद पौडेल,फर्स्ट राइफल गणका विश्वनाथ तिमिल्सिना,नम्बर २१ बाहिनी अड्डाका जयराम थापा अरु म्याद थपिएका झैँ आगामी तीन वर्ष सेवामै रहने छन् ।
त्यसैगरी, नेपाली सेना स्वास्थ्य विज्ञान संस्थाका पारसविक्रम शाह,अति विशिष्ठ व्यक्ति सुरक्षा निर्देशनालयका विजय थापा,मध्यपृतना हेडक्वार्टरका रञ्जनकुमार कार्की, युद्धकार्य निर्देशनालयका राजेन्द्र पराजुली, नम्बर ९ बाहिनी अड्डाका घनश्याम भट्टराई, सैनिक परिवहन (मुभकन) महाशाखाका सुदिप बानियाँको पनि पदावधि थप भएको छ ।
स्रोतका अनुसार पदावधि थप हुने अन्यमा सैनिक ईन्टेलिजेन्स निर्देशनालयका विज्ञान खनाल, सैनिक कमाण्ड तथा स्टाफ कलेजका सञ्जीव भण्डारी,वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रका विजय बस्नेत, उत्तरपश्चिम पृतना हेडक्वार्टरका प्रदिप थापा,नेपाली सैनिक वार कलेजका कञ्चनकृष्ण बस्नेत, प्रधान सेनापतिको कार्यालयका प्रमुख सेनानी जीवन शर्मा छन् ।
टिप्पणीहरू