महिला विश्वकप फुटबलको उद्घाटन अघि गोली हानाहान

महिला विश्वकप फुटबलको उद्घाटन अघि गोली हानाहान

न्युजिल्याण्डको राजधानी अकल्याण्डमा आज महिला विश्वकप फुटबलको उद्घाटन हुँदैछ । त्यसअघि उद्घाटन खेलको रंगशाला नजिकै गोली हानाहान भएको छ ।

उक्त घटनामा आक्रमणकारीसहित तीन जनाको मृत्यु भएको जनाइएको छ । प्रहरीसहित आधा दर्जनबढी घाइते भएका छन् । 

आक्रमणकारीले पम्प–एक्सन सटगन चलाएको प्रहरीको भनाई छ । प्रहरीले नियन्त्रणमा लिने प्रयास गरेपछि आक्रमणकारीले थप गोली चलाएको थियो । पछि उनी मृत अवस्थामा भेटिएका थिए ।

घटनास्थल विश्वकपमा सहभागी हुने खेलाडीहरु बसेको होटल नजिकै भएको हो । अकल्याण्डको इडेन पार्क रंगशालामा आज आयोजक राष्ट्र न्युजिल्याण्ड र नर्वेबीच महिला विश्वकपको उद्घाट्न खेल हुँदैछ । यस पटकको विश्वकप न्युजिल्याण्ड र अष्ट्रेलियाले संयुक्त रुपमा आयोजना गरेका हुन् ।

टिप्पणीहरू