सुन तस्करीको आरोप लागेका मल्होत्राले पत्रकार सम्मेलन गर्दै
सुन तस्करीमा संलग्न रहेको आरोप लागेपछि त्यसबारे स्पष्ट पार्न व्यवसायी दीपक मल्होत्राले पत्रकार सम्मेलन गर्ने भएका छन् ।
बुधबार हङकङबाट ल्याइएको झण्डै एकसय किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बरामद भएको थियो । भन्सार पास भएर छुटिसकेको उक्त सुन राजस्व अनुसन्धान विभागको टोलीले सिनामंगलबाट नियन्त्रणमा लिएको थियो ।
उक्त सुन मल्होत्राको हुनसक्ने आशंकासहित विभिन्न सञ्चार माध्यमले समाचार लेखेपछि त्यसबारे स्पष्ट पार्न उनले आज दिउँसो १ बजे पत्रकार सम्मेलन गर्न लागेका हुन् । दरवारमार्गस्थित होटल रोयल सिङ्गीमा पत्रकार सम्मेलन गरिने बताइएको छ ।
टिप्पणीहरू