तस्करीको सुन जोख्न राजश्व टोली राष्ट्र बैंकमा
हिजो सिनामंगलबाट बरामद गरिएको झण्डै एक क्विन्टल तस्करीको सुन राष्ट्र बैंक पुर्याइएको छ ।
उक्त सुन जोख्न राजश्व अनुसन्धान विभागका कर्मचारीहरु बैंकको बबरमहलस्थित टक्सार महाशाखा पुगेका छन् । आठ वटा बाकसमा रहेको सुनलाई गालेर आजै जोख्ने तयारी गरिएको छ ।
हङकङबाट सवारी साधनको ‘ब्रेक शू’ मा लुकाएर ल्याइएको सुन भन्सार जाँचपछि बाहिरिने क्रममा विभागको टोलीले नियन्त्रणमा लिएको थियो ।
टिप्पणीहरू