त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थप सुन रहेको आशंका, राजश्वका डिजी भन्सारमा

त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थलमा थप सुन रहेको आशंका, राजश्वका डिजी भन्सारमा

तस्करी गरिएको एक क्विण्टल सुन जोख्न नेपाल राष्ट्र बैंकमा पुर्याइएको छ । यति नै बेला त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थलमा तस्करीका थप सुन रहेको आशंकामा राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगाना आफैं विमानस्थल भन्सार कार्यालय पुगेका छन् ।

परिसरमा थप सुन रहेको आशंकामा विभागले विशेष अपरेसन गरेको बताइएको छ । ढुंगानाको नेतृत्वमा विशेष अपरेसन शुरु भएको बताइएको छ । यसअघि अस्ति बेलुकी हङकङबाट आएको क्याथे प्यासिफिकको उडानमा मोटरसाइकल र स्कुटरको ब्रेक सुभित्र लुकाएर ल्याइएको सुन एकाएक हिजो दिउँसो बाहिरिएको थियो ।

भन्सारभित्रै त्यस्तै प्रकृतिका अरु पनि सुन हुनसक्ने आंशका गरिएको छ । स्रोतले भन्यो, ‘अरू पनि सुन हुनसक्छ, तर कति छ भन्ने यकिन छैन ।’

टिप्पणीहरू