उपेन्द्र निकट वकिलहरुको बूढानीलकण्ठमाथि भेला

उपेन्द्र निकट वकिलहरुको बूढानीलकण्ठमाथि भेला

जनता समाजवादी पार्टी (जसपा) सम्बद्ध कानून व्यवसायीहरुको राष्ट्रिय सम्मेलन शुरु भएको छ । काठमाडौंको शिवपुरीस्थित नोभा रिसोर्टमा आज दिउँसो साढे ११ बजेदेखि सम्मेलन शुरु भएको हो । 

दुई दिवसीय उक्त सम्मेलनको जसपा अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गरेका छन् । संघीय कानुन व्यवसायी संघका अध्यक्ष अधिवक्ता दिपक राईको अध्यक्षतामा शुरु भएको सम्मेलनमा मुलुकभरका करिब पाँच दर्जन कानून व्यवसायीहरुको सहभागिता छ । 

सम्मेलनमा पूर्वमन्त्री तथा पार्टीका वरिष्ठ नेता राजेन्द्रप्रसाद श्रेष्ठलगायत उपस्थित रहेको बताइएको छ  ।

जसपानिकट कानून व्यवसायीहरुको यो संगठन पार्टीमा बौद्धिक पेशाकर्मी महासंघअन्तर्गतको मुख्य घटक संगठनको रुपमा क्रियाशील छ ।

टिप्पणीहरू