लघुवित्त पीडितहरुलाई मीटरब्याज पीडितको मल्हमपट्टी
लामो समयदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेको मीटरब्याज तथा किसान मजदुर संघर्ष समितिले अर्को आन्दोलनरत लघुवित्तीय संस्थाको संघर्षमा ऐक्यबद्धता जनाएको छ ।
शान्तिबाटिकामा धर्ना दिँदै आएको संघर्ष समितिको एक टोलीले आज लघुवित्तीय संस्थाको धर्नास्थल माइतीघर मण्डला पुगेर आन्दोलनमा समर्थन जनाएको हो । करिब दुई दर्जन मीटरब्याज पीडितहरु लघुवित्त पीडितलाई सघाउन मण्डला पुगेका हुन् ।
लघुवित्तीय संस्थाले निक्षेप फिर्तालगायत माग राखेर आन्दोलन चर्काइरहेको छ भने मीटरब्याजीमाथि कारवाही गर्नुपर्ने अडान लिएको संघर्ष समिति महिनौंदेखि सडकमा छ ।
टिप्पणीहरू