सडकको ट्राफिक जाम छल्न बग्दादमा ‘रिभर ट्याक्सी’
विश्वका धेरैजसो मुलुकको राजधानीमा ट्राफिक जाम ठूलो समस्या बन्दै गएको छ । त्यसमा पनि तेस्रो मुलुकमा यो समस्या विकराल बनेको छ । विकल्पको रुपमा अनेक उपाय अवलम्बन गरिएपनि समस्या समाधान खासै भएको देखिँदैन ।
उता इराकको राजधानी बग्दादमा पनि ट्राफिक समस्याबाट राहत दिलाउन स्थानीय टिग्रिस नदीमा रिभर ट्याक्सीको व्यवस्था गरिएको छ । तीन दशकदेखिको आर्थिक नाकाबन्दी, युद्ध र राजनीतिक अस्थिरताको कारण राजधानी बग्दाद र पूरै देशमा सडक यातायातमा सुधार हुन सकेको छैन ।
चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार बग्दादमा मात्रै २८ लाख बढी सवारी साधन दर्ता भएका छन् । त्यहाँको सडकमा मुश्किलले डेढ लाखदेखि साढे दुई लाख सवारी साधन गुड्न सक्ने अवस्था छ ।
सोही अवस्थालाई ध्यानमा राखेर अहिले त्यहाँ रिभर ट्याक्सीको व्यवस्था गरिएको हो । मध्य बग्दादको निम्ति परीक्षणको रुपमा रिभर ट्याक्सी सञ्चालनमा ल्याइएको बताइएको छ ।
टिप्पणीहरू