बागलुङका पन्तलगायत विदेशमा सम्मानित
लामो समयदेखि विद्यालय र विश्वविद्यालयको शिक्षण पेशामा संलग्न रहेर विशेष योगदान पुर्याएका बागलुङका विजयराज पन्त डाईनामिक एजुेशन लिडर अवार्डबाट सम्मानित भएका छन् । एक्जिटो एजुकेसन, अष्ट्रेलियाद्वारा सिङ्गापुर र मलेसियामा आयोजित ‘एक्जिटो इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२३’ मा उनलाई सम्मान गरिएको हो ।
कार्यक्रम एक्जिटो एजुकेसन, अष्ट्रेलियाले आयोजना गरेको हो ।
सिङ्गापुर र मलेसियामा आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथि लिंकन युनिभर्सिटीका प्रो. चान्सलर प्रोफेसर दातुक डाक्टर हज्जा बीबी फेलिरना अब्दुलहा र एक्जिटो एजुकेसनका निर्देशक सचेत वीदीजनलगायतले संयुक्त रुपमा अवार्ड प्रदान गरेका हुन् ।
कार्यक्रममा नेपालबाट छनोटमा परेका विभिन्न कलेज, स्कुलका सञ्चालक, शिक्षक तथा प्राचार्य÷प्रिन्सिपलहरुलाई शिक्षा क्षेत्रको विकासमा पुर्याएको योगदानलाई कदर गर्दै उक्त अन्तरर्राष्ट्रिय अवार्ड प्रदान गरेको बताइएको छ ।
एजुकेसनका निर्देशक सचेत वीदीजनले देशभर उत्कृष्टमध्येबाट छनौट गरिएका पाँच सय संस्था तथा व्यक्ति प्रारम्भिक रुपमा छनौट गरिएको जानकारी दिए । थप अध्ययनका आधारमा शिक्षा क्षेत्रको विकासमा उलेख्य योगदान पुर्याएका ३३ वटा कलेज, स्कुलका सञ्चालक, शिक्षक, प्रिन्सिपल, निर्देशक तथा संस्थाहरुलाई छनोट गरेर सम्मान गरिएको थियो । सम्मानितहरुलाई अवार्ड, मेडल र सम्मानपत्र प्रदान गरिएको छ ।
टिप्पणीहरू