इनरुवामा बीपी कोइरालाको पूर्णकदको शालिक

इनरुवामा बीपी कोइरालाको पूर्णकदको शालिक

नेपाली काँग्रेसका संस्थापक तथा जननिर्वाचित प्रथम प्रधानमन्त्री बीपी कोइरालाको पूर्णकदको शालिक अनावरण गरिएको छ । कोइरालाको ४१औँ स्मृति दिवसका अवसरमा आज सुनसरीको इनरुवामा सालिक अनावरण गरिएको हो ।

नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सालिक अनावरण गर्नुभएको हो । शालिक इनरुवा नगरपालिकाको १५  लाखको लागतमा सालिक निर्माण गरिएकोे जानकारी दिइएको छ ।

नेपाली काँग्रेसले आज ४१ औं बीपी स्मृति दिवस विभिन्न कार्यक्रमका साथ मनाइरहेको छ । १९७१ भदौ २४ गते जन्मिएका कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो ।

टिप्पणीहरू