गुडिरहेको मोटरसाइकलमा अंकमाल गर्ने जोडीलाई ११ हजार जरिवाना

गुडिरहेको मोटरसाइकलमा अंकमाल गर्ने जोडीलाई ११ हजार जरिवाना

भारतको राजधानी नयाँ दिल्लीमा गुडिरहेको मोटरसाइकलमा अंकमाल (हग) गरेका जोडीलाई ११ हजार भारतीय रुपैयाँ जरिवाना तिराइएको छ । उनीहरुको भाइरल भिडियो भेटिएपछि ट्राफिक प्रहरीले जोडीलाई नियन्त्रणमा लिएर कारबाही गरेको बताइएको छ । 

मोटरसाइकलको ट्याङ्कीमा चालकतर्फ फर्केर बसेकी युवतीले युवकलाई कसिलो अंकमाल गरेको देखिन्छ । युवतीको अंकमालमा मस्त युवकले व्यस्त सडकमा मोटरसाइकल दौडाएका हुन् । अहिले त्यहि भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । 

दिल्ली ट्राफिकले सुरक्षित तवरले सवारी साधन हाँक्न अनुरोध गर्दै ट्विटरमा खतरनाक तरिकाले मोटरसाइकललगायत सवारी साधन नचलाउन आग्रह गरेको छ । लेखिएको छ, ‘कृपया यो भिडियो नक्कल नगर्नुहोला । सुरक्षित तवरले सवारी साधन हाँक्नुहोस् ।’

https://timesofindia.indiatimes.com/videos/viral-videos/viral-couple-hugs-while-riding-motorcycle-in-delhi-traffic-police-slap-fine/videoshow/101993241.cms?fbclid=IwAR3jJQQ7FCQZe_kgDtSKJwhVRsl5VEZkbigirZnWSfplhq9LG0OyDhJJn9Q

टिप्पणीहरू