हेडमास्टर नियुक्तिका लागि बुढानिलकण्ठको सूचना
काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाले आफू मातहतका सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ ।
नगरपालिकाले आज सूचना प्रकाशित गर्दै खुला प्रतिस्पर्धाद्धारा प्रधानाध्यापक नियुक्ति गर्न आवेदन माग गरेको हो । सूचनामा नगरक्षेत्रभित्रका सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकहरु प्रधानाध्यापक पदको उम्मेदवार हुन पाउने उल्लेख छ ।
त्यस्तै, दरखास्त दिन आधारभूत तह कक्षा (१–५) को लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातक तह वा सो सरह उत्तीर्ण गरेको, माध्यमिक तह कक्षा (१–१०-१२) को लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर तह वा सो सरह उत्तीण गरेको, सम्बन्धित तहको शिक्षक पदमा कम्तीमा ५ वर्ष स्थायी सेवा गरेको हुनुपर्ने पनि सूचनामा जनाइएको छ ।
नगरपालिकाले आगामी साउन १७ गतेसम्म दरखास्त दिन सकिने जनाएको छ । साथै, सोको परीक्षा साउन १८ गते सञ्चालन हुने कार्यतालिका पनि सार्वजनिक गरिएको छ ।
टिप्पणीहरू