कम्युनिष्ट पार्टीहरुको पसल धेरै भयो : अध्यक्ष नेपाल

कम्युनिष्ट पार्टीहरुको पसल धेरै भयो : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्ना आफ्ना पसल थापेर बसेका कम्युनिस्ट पार्टीहरुलाई एकै ठाउँमा आउन आह्वान गर्नुभएको छ । उहाँले राजनीतिक सहकार्य गर्न सक्ने पार्टीहरुबीच एकता गरेर अघि बढ्न सकिने धारणा राख्नुभएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४५ औँ स्मृति दिवसका अवसरमा कीर्तिपुरको चम्पादेवीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विभाजित हुँदा कम्युनिष्ट पार्टीहरुलाई नै सबैभन्दा धेरै नोक्सान भएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सबै कम्युनिष्ट पार्टीहरु आफ्ना–आफ्ना पसल थापेर बसेका छन्, आफ्नै पाराले चलिरहेका छन् । जो जो जति मिल्न सक्छन् मिल्दै जाने हो, सहकार्य गर्दै जाने हो ।’

टिप्पणीहरू