भारतीय राजदूत सिंहदरबारमा व्यस्त
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव आज मध्यान्ह सिंहदरबारमा व्यस्त हुनुभएको छ । ११ बजेको समयमा सिंहदरबार पुग्नुभएका उहाँ विभिन्न भेटघाटमा संलग्न भएपछि १ बजेको हाराहारीमा बाहिरिनुभएको बताइन्छ ।
राजदूत श्रीवास्तवले बिहान साढे ११ बजेदेखि झण्डै ४५ मीनेटसम्म मुख्य सचिव वैकुण्ठ अर्यालसँग भेटवार्ता गर्नुभएको हो । प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा भएको कुराकानीपछि उहाँ राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा जानुभएको थियो ।
सिंहदरबारभित्र रहेको राष्ट्रिय सुरक्षा परिषद सचिवालयमा राजदूतले परिषद सल्लाहकार तथा पूर्व मुख्यसचिव शंकरदास बैरागीसँग मध्यान्ह सवा १२ बजेदेखि १ बजेसम्म भेटवार्ता गर्नुभएको हो ।
टिप्पणीहरू