बलात्कारको मन बेचैन
नायिका नम्रता श्रेष्ठ फेरि अर्काे लफडामा फसेकी छन् । झण्डै पाँच वर्षपछि एउटा सिनेमामा काम थालेकी उनकै टिममा रहेका ३१ वर्षे सारुक ताम्राकारले आत्महत्याको बाटो रोजेपछि उनीमाथि प्रश्न उठाउन थालिएको छ ।
०७५ मा ‘प्रसाद’ मा अभिनय गरेर झण्डै ५ वर्ष फिल्मी संसारमा नदेखिएकी नम्रता ‘ह्यासट्याग माया’ मा अनुबन्धित भइन् । शुरुमा चलचित्रको नाम ग्रहण रोजिएको थियो । नाम परिवर्तन गरेर ह्यासट्याग मायामा रूपान्तरण त गरियो तर नायक सारूक ताम्राकारले आत्महत्याको बाटो रोजेपछि अहिले त्यहाँ ग्रहण लाग्न पुगेको छ । निर्देशकको भूमिकामा छन् राजीव गुरुङ र कार्यकारी निर्मातामा अनुप पौडेल ।
फिल्म युनिट बर्दियाबाट काठमाडौं फर्किएपछि सारुकले आत्महत्या गर्नु अघिल्लो दिनसम्म चलचित्रको सुटिङ चलिरहेको थियो । फिल्म युनिटका अनुसार आत्महत्याको अघिल्लो दिन एउटा रेप सिनमा अभिनय गर्नुपर्ने थियो ।
अन्तिम सिन सारुकले नम्रतालाई बलात्कार गर्नेसम्बन्धी राखिएको र उक्त सिन दिन अलि बढी नै समय लगाएपछि उनीहरूबीच सुटिङस्थलमै खटपट भएको र भनाभनपछि सारुक रातोपुलस्थित बाबुआमा बस्ने घरमा फर्की आत्महत्याको बाटो रोजेको बताइएको छ ।
टिप्पणीहरू