राष्ट्रसंघीय महासचिवसँग प्रधानमन्त्रीको भेटवार्ता

राष्ट्रसंघीय महासचिवसँग प्रधानमन्त्रीको भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसबीच भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनको मुख्यालय इटालीको रोममा जारी संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली–२०२३ सम्मेलनका क्रममा उहाँहरुबीच आज भेटवार्ता भएको हो । सम्मेलनमा सम्बोधनपछि प्रधानमन्त्री र महासचिव गुटर्रेसबीच राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको मुख्यालयमा स्थानीय समय अनुसार दिउँसो साढे १ बजे भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

उहाँहरुबीचको कुराकानीमा पर्यावरण, खाद्य सुरक्षा र नेपाल र राष्ट्र संघबीचको सम्बन्धलाई अझ मजबुत बनाउनेबारे छलफल भएको जनाइएको छ ।

टिप्पणीहरू