केपी ओली फर्कनासाथ चोलेन्द्र समशेर सिंगापुरतिर

केपी ओली फर्कनासाथ  चोलेन्द्र समशेर सिंगापुरतिर

एमाले अध्यक्ष केपी शर्मा ओली हिजो राति काठमाडौं आइपुग्नुभएको छ । उहाँ कम्बोडियाबाट सिंगापुर हुँदै राति साढे ९ बजे आउनुभएको हो ।

कम्बोडियाको अस्ति सम्पन्न आमनिर्वाचन पर्यवेक्षणका लागि उहाँ गत साता सिंगापुर हुँदै कम्बोडियाको राजधानी न्होम्पेन्ह जानुभएको थियो । उहाँ काठमाडौंबाट सिंगापुर पुग्दा नपुग्दै पूर्वराजा ज्ञानेन्द्र शाह पनि बैंककबाट सिंगापुरतिर हान्निएका थिए ।

एमाले अध्यक्षसँगै टोलीमा सहभागी श्रीमती राधिका शाक्य, उपमहासचिव विष्णु रिमाल,स्वकीय सचिव राजेश बज्राचार्य, अंगरक्षक सशस्त्र प्रहरी निरीक्षक निरञ्जन नायजु,फोटोग्राफर दिनेश भण्डारी पनि हिजै राति काठमाडौं फर्केका छन् । कम्बोडिया पुगेपछि एमाले सांसद तथा नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल पनि अध्यक्ष ओलीको निर्वाचन पर्यवेक्षण टोलीमा सहभागी भएका थिए ।

हिजो राति अध्यक्षलाई स्वागत गर्न एमाले उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु विष्णु पौडेल,सुवास नेम्वाङ, महासचिव शंकर पोखरेललगायत नेताहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा पुगेको विमानस्थल कार्यालय स्रोतले बताएको छ ।

ओली नेतृत्वको टोली फर्केको सोही विमानमा यताबाट पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणा श्रीमतीसहित राति साढे ११ बजे सिंगापुर प्रस्थान गर्नुभएको बुझिएको छ ।

टिप्पणीहरू