हराएका २२ कर्मचारी खोज्दै प्रहरी

हराएका २२ कर्मचारी खोज्दै प्रहरी

नेपाल प्रहरीले लामो समयदेखि काममा नगएका कर्मचारीको खोजी गर्न थालेको छ । प्रहरी प्रधान कार्यालयले आज सार्वजनिक सूचना निकालेर आफूखुसी गैरहाजिर भएका २२ जना प्रहरी कर्मचारीको खोजबिन सुरु गरेको हो । 

यसअघि पटक–पटक सम्पर्कमा आउन आग्रह गरिएकोमा उनीहरुले अटेरी गरेपछि सात दिनको समय दिएर प्रहरी मुख्यालयले पुनः मौका दिएको जनाएको छ । बाटोको म्यादबाहेक आगामी सात दिनभित्र गैरहाजिर रहनुको चित्तबुझ्रदो स्पष्टीकरणसहित उपस्थित हुन उनीहरुलाई निर्देशन दिइएको छ । 

‘आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफसहित यस कार्यालय वा सूचना जारी गर्ने कार्यालयमा हाजिर हुन आउनुहोला, अन्यथा, तपाईँहरु उपर प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम (१) को खण्ड (च) को कसुरमा ऐ नियमावलीको नियम १)९ को देहाय (ख) (१) बमोजिम सेवाबाट हटाउने कारबाही हुने जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ ।

स्पष्टीकरण मागिएकामा ईलाका प्रहरी कार्यालय कात्तिकेदेउराली, काभ्रेपलाञ्चोकका प्रहरी हवल्दार प्रेमराज दुरा, प्रहरी वृत्त बालाजु, काठमाडौंकी प्रहरी सहायक हवल्दार सुनिता महर्जन, नेपाल प्रहरी पहरा गण, गुल्म १ सामाखुशीकी प्रहरी सहायक हवल्दार सरु कार्की, कोशी प्रदेश प्रहरी गण, विराटनगरका प्रहरी सहायक हवल्दार कृष्णदेव चौहान, स.प्र.से चितवनका प्रहरी सहायक हवल्दार धर्मेन्द्र सिंह, जिल्ला प्रहरी कार्यालय गुल्मी अपराध नियन्त्रण तथा अनुसन्धान शाखाका प्रहरी सहायक हवल्दार मेषबहादुर राना रहेका छन् । 

त्यस्तै, नेपाल प्रहरी सशस्त्र प्रहरी गणनं.१ गुल्मनं. ३ नक्सालका प्रहरी जवान सन्जिव देवकोटा, जिल्ला प्रहरी परिसर काठमाडौंकी प्रहरी जवान अर्मिला डिसी, प्रहरी वृत्त लैनचौर, काठमाडौंकी सोनाम लामा, नेपाल प्रहरी सशस्त्र प्रहरी गणनं. १ गुल्मनं.४ नक्सालकी प्रहरी जवान कविता पौडेल, ईलाका प्रहरी कार्यालय मेमेङ, पाँचथरका प्रहरी जवान पूर्ण पौडेल, प्रहरी चौकी मझारे, मोरङका प्रहरी जवान अनिल कार्की पनि रहेको जनाएको छ । 

यसैगरी, प्रहरी चौकी सतिघट्टा ज्यामिरगढी, झापा सञ्चार प्राविधिकतर्फका प्रहरी जवान नरेन्द्रकुमार साह, प्रहरी चौकी तेतरिया, मोरङका प्रहरी जवान रामकुमार याक्सो, प्रहरी चौकी कङहर्वा, रौतहट सञ्चार प्राविधिकतर्फ प्रहरी जवान बसन्तकुमार यादव, ईलाका प्रहरी कार्यालय जीतपुर, बारा सञ्चार प्राविधिकतर्फ प्रहरी जवान अमरनाथ पासवान, जिल्ला प्रहरी कार्यालय सिन्धुली, अपराध नियन्त्रण तथा अनुसन्धान शाखाका प्रहरी जवान सुनिल टोमाटा, प्रहरी चौकी काकीनेटा, पर्वतका प्रहरी जवान महेन्द्र थापा, ईलाका प्रहरी कार्यालय, भिमाद तनहुँका प्रहरी जवान किरण कुँवर, वडा प्रहरी कार्यालय, रामजार कास्कीका प्रहरी जवान सूर्य मगर, नेपाल प्रहरी विशेष सुरक्षा गण सुनवल, नवदपरासी बर्दघाट सुस्ता पश्चिमका प्रहरी जवान अमित कार्की र प्रहरी चौकी डौड, डोटीका प्रहरी जवान विपिन विक्रम विष्टलाई पनि स्पष्टीकरण सोधिएको छ ।

टिप्पणीहरू