ठेकेदारहरु सरकारी कार्यालय घेर्न जाँदै
नेपाल निर्माण व्यवसायीहरु महासंघले आज सरकारी कार्यालय घेर्ने कार्यक्रम सार्वजनिक गरेका छन् । महासंघको आह्वानमा निर्माण व्यवसायीहरुले आज बिहान सार्वजनिक खरिद अनुगमन कार्यालय घेर्न लागेका हुन् ।
उनीहरुले आफ्ना माग पूरा नभएको बताउँदै विरोध स्वरुप उक्त कार्यालय घेर्न लागेको बताएका छन् ।
महासंघले कालिमाटी सोल्टिमोड नजिकै रहेको सार्वजनिक खरिद अनुगमन कार्यालय घेराउ कार्यक्रममा सहभागी हुन निर्माण व्यवसायीहरुलाई बिहान साढे ९ बजे नै त्यहाँ पुग्न सूचित गरेको छ ।
टिप्पणीहरू