सदभावना पार्टी नागरिक उन्मुक्तिमा गाभियो, पार्टीको नाम नफेर्ने सहमति

सदभावना पार्टी नागरिक उन्मुक्तिमा गाभियो, पार्टीको नाम नफेर्ने सहमति

नागरिक उन्मुक्ति पार्टी र नेपाल सदभावना पार्टीबीच एकता भएको छ । आज जनकपुरधाममा एक कार्यक्रम गरि पार्टी एकीकरण घोषणा गरिएको हो । 

नागरिक उन्मुक्तिका नेता रेशमलाल चौधरी र सदभावना पार्टीका केन्द्रीय अध्यक्ष रामकुमार महतोबीच तीन बुँदे सहमति भएको छ । सहमतिअनुसार आगामी एकता महाधिवेशनसम्मका लागि एकीकृत पार्टीको नाममा नागरिक उन्मुक्ति पार्टी हुनेछ । 

त्यस्तै, महाधिवेशमसम्म झण्डा, चुनाव चिन्ह्र, छाप र विधान नागरिक उन्मुक्ति पार्टीले प्रयोग गर्दै आएको हुने सहमति पत्रमा उल्लेख छ । केन्द्रीय निकायदेखि स्थानीय तहसम्म पदाधिकारी तथा सदस्यहरुको समायोजन दुवै पार्टीबीचको आन्तरिक सहमतिअनुसार हुने जनाइएको छ ।

एकीकरण कार्यक्रममा दुबैतिरका शीर्ष नेतासहित ठूलो संख्यामा कार्यकर्ता उपस्थित थिए ।

 

 

टिप्पणीहरू