आज खिर दिवस मनाईंदै
आज साउन १५ गते खिर खाने चलन छ । खिर सामान्यतयाः चामलको बनाइन्छ । तर पछिल्लो समय साबुदानालगायतको पनि खिर बनाउने गरिएको छ ।
नेपाली समाजमा असार १५ गते दहीच्यूरा, साउन १५ गते खिर खाने मान्यता रहिआएको छ ।
राष्ट्रिय दुग्ध विकास बोर्डले आजको दिनलाई खिर दिवसको रुपमा मनाउने गरेको छ । बोर्डले २०७७ फागुन १५ गतेका दिन २०७८ साउन १५ देखि खिर दिवस मनाउने निर्णय गरेको थियो ।
टिप्पणीहरू